अमेरिकाको लुइजियानामा सन् १८५० औं दशकयताकै खतरनाक आँधी आउने चेतावनी
लुइजियाना । संयुक्त राज्य अमेरिकाको लुइजियाना राज्यमा सन् १८५० औं दशकयताकै खतरनाक आँधी आउने चेतावनी दिइएको छ ।
हुरिकेन इदा नाम दिइएको उक्त आँधी आइतबार लुइजियाना राज्य आइपुग्ने चेतावनी स्थानीय सरकारले दिएको छ ।
नेसनल हुरिकेन सेन्टरका अनुसार इदा हुरिकेन शनिबार मध्यरातिसम्म इदा हुरिकेन मेक्सिकोको गल्फ क्षेत्रसम्म आइपुगेको छ भने आइतबार बिहान (स्थानीय समय) सम्म अमेरिकाको लुइजियाना प्रान्तमा आइपुग्ने छ ।
सो हुरिकेन सन् १८५० यताकै विनाशकारी रहेको र आइतबार साँझसम्म उक्त राज्यमा रहने प्रक्षपेण हुरिकेन सेन्टरले गरेको छ ।
प्रतिघण्टा २१० किलोमिटर हावाको वेगमा आउने हुरिकेन इदा निकै शक्तिशाली भएको हुरिकेन सेन्टरले जनाएको छ । उक्त हुरिकेनले भारी वर्षा र आँधी तुफान ल्याउने जनाइएको छ ।
यसअघि सन् १८५० मा लुइजिनिया प्रान्तमा इतिहासकै विनाशकारी हुरिकेन आएको थियो । उक्त हुरिकेनभन्दा इदा हुरिकेन झनै खतरनाक रहेकाले स्थानीयहरुलाई सर्तक रहन अधिकारीहरुले आग्रह गरेका छन् ।
‘अमेरिकी इतिहासमा यो १८५० यताकै खतरनाक हुरिकेन हुनेछ । जसले लुइजियाना राज्यमा क्षती पुर्याउने छ । त्यसैले सबैलाई सर्तक रहन आग्रह गर्दछु ।’ लुइजिनिया राज्यका गर्भनर जोन वेल एडवार्डले शनिबार प्रेस सम्मेलनमा भनेका छन् ।
आइतबार आउने भनिएको हुरिकेन जोखिमयुक्त क्षेत्र दक्षिण पुर्वी लुइजियानाका १० हजार बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको बताइएको छ ।
यसअघि ठिक १६ वर्षअघि अर्थात् सन् २००५ अगष्ट २९ मा आएको हुरिकेन क्याट्रिनाका कारण लाखौं मानिस घरबारविहीन बनेका थिए ।
लुइजियानामा आइतबार हुरिकेन क्याट्रिनाको १६ वार्षीकोत्सव मनाउने तयारी चलिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्