योगदान राष्ट्रको जिल्ला अध्यक्ष खड्काले रगत दिदा ज्यान बच्यो

योगदान राष्ट्रको लागि डोटी जिल्लाका अध्यक्ष दिपेन्द्र खड्काले रक्तदान गर्दा अत्याधिक रक्तश्राव भएकी एक महिलाको ज्यान जोगिएको छ। बोगटान फुडसिल गाउपालिका वडा नं १ सिमचौर काटै निवासी बर्ष ३२ की डम्मरी देवी बोहराको अध्यक्ष खडकाले शैलेश्वरी अस्पतालमा ए पोजेटिभ रगत दिदा अत्याधिक रक्तश्रावका कारण रगतको कमि भएकी उनको ज्यान बचाउनु भएको छ।

उहाँको यो महान कार्य को लागि बोहोराका श्रीमान लाल बोहराले खड्कालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्तै मानविय महान कामका लागि अघि बढिरहने जोस, जागर र उर्जा भगवानले प्रदान गरिरहुन भन्दै शुभेच्छा ब्यक्त गरेका छन।

frontline

https://statementandresponse.com/public/user/cfn

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here