अफगानिस्तानका बैंकहरू खुल्न थाले, पैसा निकाल्नेको भीड

एजेन्सी । एक साताभन्दा लामो समय बन्द रहेका अफगानिस्तानका बैंकहरू खुल्न थालेका छन् ।

बैंकहरू खुल्न थालेसँगै बैंकमा पैसा निकाल्नेको भीड देखिएको छ । अगष्ट १५ मा अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले मुलुक छाड्नुभन्दा केही समयअघि मुलुकका सबै वित्तीय संस्था बन्द भएका थिए ।

frontline

सुरुमा तालिबान काबुल प्रवेश गरेसँगै हुन सक्ने युद्धको आशंकामा सबै बैंक बन्द भएका थिए भने अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको ७ अर्ब डलरमा तालिबानलाई पहुँच नदिने निर्णय गरेसँगै बढेको आशंकाका कारण वित्तीय संस्थाहरु बन्द थिए ।

अफगानिस्तानमा दैनिक कामको लागि नगद रकम आवश्यक पर्ने भएकाले मानिसहरूले आफ्नो बैंकमा रहेको पैसाले काम चलाउन पाएका छैनन् ।

यसअघि तालिबानले मुलुकमा कब्जा जमाएसँगै अफगानिस्तानका एटीएममा ठूलो संख्यामा मानिसको भीड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here