तालिबानी नेता हनफी र चिनियाँ राजदूत वाङ यूबीच काबुलमा भेटवार्ता

श्रोत : ईन्टरनेट

काबुल । तालिबानी नेता अब्दुल सलाम हनफी र चिनियाँ राजदूत वाङ यूबीच मंगलबार काबुलमा भेटवार्ता भएको छ ।

भेटमा अफगानिस्तानको हालको अवस्था, राजनैतिक सुरक्षा, दुईपक्षीय सम्बन्ध र चीनको सहायताबारे चर्चा भएको तालिबानका प्रवक्ता मोहम्मद नईमले जानकारी दिएका छन् ।

frontline

अफगान नागरिक, विदेशी नागरिक र अफगान सहयोगीहरुले अफगानिस्तान छोडिरहेका छन् ।

अमेरिकालगायत कैयौँ मुलुकले अफगानिस्तानस्थित आफ्ना दूतावास बन्द गरिसक्दा चिनियाँ अधिकारीहरु तालिबानसँग सम्बन्ध विस्तार गर्न अग्रसर देखिएको छ ।

तालिबानले सत्ता कब्जा गरेपछि पनि चीनले काबुलस्थित आफ्नो दूतावास सञ्चालन गर्दै अफगानिस्तानको पुनर्निर्माणका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here