एक होटलमा विषाक्त ग्यास निस्किँदा २४ जना गम्भीर घाइते
लण्डन । बेलायतको ह्याम्पसायर काउन्टीस्थित एक होटलमा विषाक्त ग्यास निस्किँदा २४ जना गम्भीर घाइते भएका छन् ।
सोलेन्ट होटेल एण्ड स्पामा एक्कासी ठूलो मात्रामा विषाक्त ग्यास निस्किँदा २४ जना गम्भीर घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
घाइते सबैलाई उपचारको लागि अस्पताल पुर्याइएको बताइएको छ । सालेन्ट होटेल एण्ड स्पाका जनरल म्यानेजर जर्ज फ्रेन्चले स्थानीय समाचारपत्रसँग भनेका छन्, ‘होटेलमा अकस्मात गम्भीर घटना भयो ।
विषाक्त ग्यास निस्किएपछि आगलागी भयो । हामीले होटेलबाट सबै गेस्टहरुको उद्धार गरे पनि २४ जना भने गम्भीर घाइते भएका छन् ।’
प्रतिक्रिया दिनुहोस्