भाजपा प्रमुखको राजनीतिक भेटवार्ता तिव्र, महन्थ ठाकुरसँग भेट

श्रोत : ईन्टरनेट

मंगलवार, काठमाण्डु । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले राजनीतिक भेटवार्तालाई तिव्र बनाएका छन् ।

आइतबार काठमाण्डु आएका विदेश विभाग प्रमुख विजयले राजनीतिक भेटवार्तालाई तिव्र बनाएका हुन् ।

frontline

विदेश विभाग प्रमुख चौथाइवालेले आज नवगठित लोकतान्त्रिक सामाजवादी (लोसपा) पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।

उनीहरुबीच पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको चौथाइवालेले उल्लेख गरेका छन् ।

साथै उनले आज बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएपछि काठमाण्डु आएका उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चौथाइवालेले हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । भेटमा उनले प्रधानमन्त्री देउवालाई कार्यकालको सफलताको शुभकामना दिएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएका थिए ।

दुवैबीच भेटमा नेपाल–भारतको हित र अन्तरपार्टी सम्बन्धबारे समेत कुराकानी भएको थियो ।

देउवा प्रधानमन्त्री भएपछि भारतीय संस्थापन पक्षबाट भेट गर्न आउने उनी उच्च तहका नेता हुन् । उनलाई भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here