प्रवक्ताको जिम्मेवारी त्याग्दै नारायणकाजी श्रेष्ठ
सोमबार, काठमाण्डु । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ताको जिम्मेवारी त्याग्ने भएका छन् ।
आइतबार बसेको स्थायी कमिटी बैठकमा श्रेष्ठले प्रवक्ताको जिम्मेवारीलाई निरन्तरता दिन नचाहेको बताएका हुन् ।
स्रोतका अनुसार श्रेष्ठले प्रवक्ताको जिम्मेवारी त्याग्ने बताएपछि प्रचण्डले भने अर्को बैठकमा निर्णय गरिने बताएका थिए । श्रेष्ठ नेकपाबाट निर्वाचित राष्ट्रियसभा सदस्य हुन् ।
प्रतिक्रिया दिनुहोस्