थ्री चाइल्ड पोलिसी, एक दम्पतिले तीन सन्तान जन्माउन पाउने
आइतबार, एजेन्सी । चीनले थ्री चाइल्ड पोलिसी लागू गरेको छ । थ्री चाइल्ड पोलिसीलाई चीन सरकारले शुक्रबार मान्यता दिएसँगै अब चीनमा एक दम्पतिले तीन सन्तान जन्माउन पाउने भएका छन् ।
जन्मदरमा कमी आएपछि सरकारले यस्तो नियम ल्याएको हो । साथै, सरकारले नागरिकलाई बच्चा जन्माउन प्रेरित गर्न आर्थिक सहायता पनि दिने भएको छ ।
बच्चाको शिक्षा, दिक्षा, पालन र पोषणको बोझ अभिभावकलाई पर्न नदिन सरकारले मद्दतस्वरुप आर्थिक सहयोग गर्ने भएको हो ।
वान चाइल्ड पोलिसी लागू भएको तीन दशकमा चीनले ४० करोड जनसंख्यालाई रोक्न सफल भएको छ । चीनमा १० वर्षमा एकपटक जनगणना हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्