उपेन्द्र यादव स्वयंम् सरकारमा जाने तयारीमा, जसपाभित्र लफडा

आइतबार, काठमाण्डु । जनता समाजवादी पार्टी (जसपा) भित्र सरकारमा सहभागी हुने विषयमा नेताहरुबीच बिवाद भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव नै स्वयंम् सरकारमा जाने तयारीमा छन् ।

तर, संघीय परिषदका अध्यक्ष बावुराम भट्टराई, अशोक राईलगायतका नेताहरुले पार्टी अध्यक्ष नै सकारमा जान नहुने पक्षमा छन् । भट्टराई र राईले नेता राजेन्द्र श्रेष्ठ वा इस्तियाक राईमध्ये एक जनाको नेतृत्वमा टिम सरकारमा पठाउन खोजेका छन् ।

frontline

प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि उपप्रधानमन्त्री नबनाउने अडान लिएपछि यादव सरकारमा नजाने पक्षमा थिए ।

तर, शुक्रबार भएको सत्तारुढ दलका नेताहरुको बैठकमा उपप्रधानमन्त्री तीन जनासम्म बनाउने सहमती भएपछि यादव आफै सरकारमा जान कस्सिएका छन् ।

उनले उपप्रधानमन्त्रीसहित जसपालाई ५ मन्त्रालय चाहिने माग प्रधानमन्त्री देउवासंग राखेका छन् । त्यसमा प्रधानमन्त्री सकरात्मक रहेको बताइन्छ ।

प्रधानमन्त्री देउवाले बिहिवारसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । त्यसका लागी उनले सत्तारुढ दलका अरु नेताहरुसंग छलफल गरिसकेका छन् ।

यादव नेतृत्वको पार्टीले ५ मन्त्रालय पाउंदा समेत मन्त्रीका लागी आकांक्षी नेताहरुको संख्या धेरै भएपछि समस्या उत्पन्न भएको छ । महन्थ ठाकुरबाट यादव पक्षमा लागेका सांसदहरुले यसपटक मन्त्री पाउंने सम्भावना कम रहेको बताइन्छ ।

जसपामा यादवसहित राजेन्द्र श्रेष्ठ,रेणु यादव, इस्तियाक राई, प्रदिप यादव,राजकिशोर यादव र महेन्द्र राय यादवलगायत मन्त्रीको दौडमा छन् ।

त्यसमध्ये यसअघि दुई पटक मन्त्री भएका राईले आफुले रोजेको मन्त्रालय नपाए सरकारमा नजाने सन्देश पार्टी नेतृत्वलाई दिइसकेको जसपा स्रोत बताउंछ । उनले आफ्नो समुहबाट प्रदिप वा रेणुलाई मन्त्री बनाउन खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here