स्वास्थ्य मन्त्री श्रेष्ठ र चितवन संघका पदाधिकारीबीच छलफल

श्रोत : ईन्टरनेट

आइतबार, चितवन । चितवन उद्योग संघको आयोजनामा नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री उमेशलाल श्रेष्ठ र चितवन उद्योग संघका पदाधिकारी तथा सदस्यहरुबीच छलफल एवं परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न छलफल एवं परिचयात्मक कार्यक्रममा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य राज्यमन्त्री माननीय उमेशलाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो ।

frontline

कार्यक्रममा चितवन उद्योग संघको तर्फबाट माननीय स्वास्थ्य राज्यमन्त्रीलाई बधाई सहित सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको थियो । प्रमुख अतिथि श्रेष्ठले चितवन उद्योग संघको परिसरमा निर्माणधिन चितवन प्रदर्शनी केन्द्रको अवलोकन समेत गर्नुभएको थियो ।

अवलोकनका क्रममा उहाँले प्रदर्शनी केन्द्रको अधुरा कामलाई छिट्टै पूरा गरी प्रदर्शनी केन्द्रलाई चलायमान बनाउन नेपाल सरकारसँग आफूले सक्दो पहल गर्ने समेत बताउनुभयो ।

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको छलफल एवं परिचयात्मक कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, नेपाली काँग्रेसका विज्ञ सल्लाहकार कपिल तिमिल्सिना, जिल्ला उपसभापति कैलाश कोइराला, नेविसंघका उपाध्यक्ष अनमोल अधिकारी, युवा नेता नारायण बजगाई, चितवन उद्योग संघका उपाध्यक्षहरु मदन घिमिरे, दुर्गा प्रसाद भण्डारी, गजेन्द्र अधिकारी, युग राज वस्ती, चितवन उद्योग संघका सदस्यहरु प्रतिभा श्रेष्ठ, मदन चिरञ्जीवी पोखरेल, बिष्णु प्रसाद पौडेल, जितबहादुर हमाल, गोपाल प्रसाद गैरे लगायतको उपस्थिति रहेको थियो ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको छलफल एवं परिचयात्मक कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here