तालिवानसंग झुक्दिन बरु छातीमा गोली थाप्न तयार छु : उपराष्ट्रपति सालेह

शनिबार, काठमाडौ । अफगानिस्तानका जनताको बर्षौपछि फर्किएको खुसी फेरि खोसिएको छ । करिब २० बर्ष अघि अफगानिस्तानमा शान्ति छाएपछि अफगान नागरिक मात्र नभइ विश्व समुदायले नै बषौदेखि बिझेको काँडो निस्किएको अनुभूति गरेको थियो ।

तर यो खुसी दुई दशकपछि फेरि खोसिदा यस्को असर अफानिस्तान भित्र मात्र नभइ समग्र विश्व राजनीतिमा पर्ने पक्का छ । किनभने अफगानिस्तान विगत ५० बर्ष भन्दा बढी समयदेखि शक्ति राष्ट्रहरुको सामरिक स्वार्थको मैदान बन्दै आएको छ । के होला अब अफगानिस्तानमा ? यो प्रश्न अहिले ज्वलन्त बनेको छ ।

frontline

किनभने फेरि अफगानिस्तानमा उम्रिएको तालिवानी झार पन्छाउन समस्या पर्ने निश्चित छ । यद्धपि अफगानिस्तान भित्रै एक नेता तालिवानीविरुद्ध लड्ने संकल्प लिएर शान्तिकामी विश्व समुदायका लागि आशाको एउटा दियोकोरुपमा जलिरहेका छन् ।

तालिवानसंग झुक्दिन बरु छातीमा गोली थाप्न तयार छु : सालेह

अफगानिस्तानमा प्रजातन्त्र र शान्तिको दियो अझै निभेको छैन । आशा अझै जीवित छ । उनी देश छोडेर भागेका पनि छैनन् । बरु तालिवानसंग लड्ने भनेर एक्लै चुनौती दिदै आएका छन् । तालिवानले पूरै अफगानिस्तान कब्जा गरे पनि एउटा इलाकामा भने अझै तालिवान पुग्न सकेको छैन ।

जहाँ एक लाख अफगानी नागरिकको वसोवास छ । त्यही इलाकामा एक नेता छन् । उनी भन्छन्–शीरमा गोली हानोस् या छातीमा तालिवानसंग झुक्नेवाला छैन । र, यसो भन्ने नेता अरु कोही नभएर अमरुल्लाह सालेह हुन् ।

आफैले आफैलाई अफगानिस्तानको कार्यवाहक राष्ट्रपतिको घोषणा

तालिवानले अफगानिस्तान कब्जा लिएपछि राष्ट्रपति असरफ घानी भागेर संयुक्त अरब इमिरेट्समा शरण लिन पुगिसकेका छन । तर उनी भागेनन् । नभाग्ने यिनै साहसी व्यक्ति हुन् – अमरुल्लाह सालेह । घानी सरकारमा यिनी उपराष्ट्रपति थिए । र, अहिलेको अवस्थामा उनले आफुलाई स्वयं अफगानिस्तानको कार्यवाह राष्ट्रपति घोषित गरेका छन् ।

उनले अन्तिम समयसम्म तालिवानीविरुद्ध लडेर छाड्ने घोषणा समेत गरेका छन् । उनले ट्वीट गर्दै आफु मुलुक भित्रै रहेको र आफु कानूनीरुपमा नै कार्यवाहक राष्ट्रपति भएको घोषणा गरेका छन् । अफगानिस्तानको संविधानले उनलाई यस्को अधिकार प्रत्याभूत गरेको दावी गर्दै उनले सबै नेताहरुसंग सहमतिका लागि निरन्तर सम्पर्क गरिरहेको पनि उल्लेख गरेका छन् ।

अफगानिस्तानको पञ्चशीलमा रहेको सालेहको तस्वीर सार्वजनिक

राष्ट्रपति घानी युएई पुगेपनि उनी भने अफगानिस्तान भित्रै रहेको तस्बीर पनि सार्वजनिक भएको छ । जुन तस्बीर अफगानिस्तानको पञ्चशील हो । सालेहलाई अहमद शाह मसुदका छोरा अहमद मसुद र तालिवानी विरोधी कमाण्डरका साथ बैठक गरिरररहेको तस्बीरमा देखिएको छ ।

सालेह जुन पञ्चशील क्षेत्रमा देखिएका छन् जहाँ अझै पनि तालिवानीको कुनै प्रभाव छैन । तर यता पूर्व राष्ट्रपति हमिद कारजाई , शान्ति परिषद् प्रमुख अब्दुल्लाहसहित धेरै नेताहरु काबुलमा तालिवानी कब्जा पछि निरन्तर छलफलमा छन् ।

अमरुल्लाह सालेह को हुन् ? जस्ले तालिवानीलाई चुनौती दिए

आफुलाई अफगानिस्तानको कार्यवाहक राष्ट्रपति घोषित गर्ने सालेह घानी सरकारमा उपराष्ट्रपति थिए । अब्दुल रसिद दोस्तमपछि उनले फरबरी २०२० मा अफगानिस्तानको उपराष्ट्रपति पद सम्हालेका थिए । यस अघि सालेह २०१८ र २०१९ मा आन्तरिक मामिला मन्त्री र २००४ देखि २०१० सम्म राष्ट्रिय सुरक्षा निर्देशनालयका प्रमुखकोरुपमा काम गरिसकेका छन् ।

सन् १०९० मा तत्कालीन सोभियत समर्थित अफगान सेनामा भर्ति हुनबाट बच्न सालेह विपक्षी मुजाहिद्धिन सेनामा सामेल भएका थिए । उनले छिमेकी मुलुक पाकिस्तानमा सैन्य प्रशिक्षण प्राप्त गरे । मुजाहिद्धिन कमाण्डर अहमद शाह मसुदको झै लडाई लडे । १०९० को दशको अन्तिममा उतरी गठबन्धनको सदस्य बने र तालिवानीहरुविरुद्ध लडिरहे ।

सालेहलाई खुलारुपमा पाकिस्तानको विरोधी र भारतको समर्थककोरुपमा पनि हेर्ने गरिन्छ । उनीमाथि अफगानिस्तान इन्टेलिजेन्स व्यूरोको दुरुपयोग गरेर पाकिस्तान आतंकवादीलाई प्रश्रय दिएको आरोप पनि लाग्ने गरेको छ ।

सालेहको यो आँट र साहसले तत्कालै सफलता पाउने सम्भावना क्षिण छ । तर उनको साहसलाई सलाम गर्नेहरु अफगानिस्तान भित्र मात्र नभइ विश्व समुदायमा पनि प्रशस्तै छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here