भाइरस हुन्छ,सर्ने जोखिम रहन्छ भन्ने आम तथ्यलाई गलत सावित गर्नका लागि महिलाले चाटिन् सुपर मार्केटका सबै चिज

शुक्रबार, अमेरिका । कोरोना भाइरसको महामारीको यो समयमा सर्वाधिक भाइरस संक्रमण हुने सार्वजनिक स्थानमा मानिसहरु संक्रमणबाट जोगिनका लागि निकै सावधानी अपनाउँदछन् ।

बजार पसल जस्ता धेरै मानिसको भीडभाड हुने तथा धेरै मानिसले छुने चिजवस्तु भएका ठाउँमा त संक्रमणको जोखिम झनै धेरै हुन्छ ।

frontline

तर अमेरिकामा एकजना महिलाले चाहिं कोरोना नै झुटो हो भन्दै दिनहुँ सयौँ मानिस किनमेलका लागि जाने सुपरमार्केटमा गएर उपद्रो गरेकी छिन् ।

कोरोना भाइरस भन्ने चिज नै छैन भन्ने प्रमाणित गर्न भन्दै उनले सुपर मार्केटमा रहेका किनमेलका सामान हाल्ने ट्रली देखि फ्रिजको ढोकाको ह्याण्डिललगायतका मानिसले धेरैपटक छुने चिजहरु मुखले चाटिन् ।

कोरोना भाइरस तथा भाइरसको खोप विरोधी अभियानकर्ताको रुपमा चिनिएकी जोडी मोस्चुकले सुपरमार्केटमा गएर यसरी चिजविजहरु चाट्दै हिँडेको भिडियो सोसल मिडियामा भाइरल बनेको छ ।

अमेरिकाको कोलोराडोकी मोस्चुकले त्यस क्रममा न त हातमा मास्क लगाएकी थिइन्, न त अनुहारमा मास्क ।

धेरै मानिसहरु पुग्ने सार्वजनिक स्थानमा कोभिड १९ लगायतका भाइरसहरु हुन्छन् र सर्ने जोखिम रहन्छ भन्ने आम तथ्यलाई गलत सावित गर्नका लागि उनले यसो गरेकी हुन् ।
साथै उनले किटाणुहरुले जिउमा रोग लगाउने नभई शरीरको रोग प्रतिरोधी क्षमता बढाउने दाबी पनि गरेकी छिन् ।

त्यस्तै किटाणुसँगको साक्षात्कारले सरीरमा दम तथा एलर्जीबाट प्रतिरोधी क्षमताको विकास हुने उनको दाबी छ ।

उक्त भिडियोको अन्त्यमा उनले मानिसहरुलाई त्रास होइन प्रेम रोज्न आग्रह गरेकी छिन् ।

भ्याक्सिन विरोधी समुदाय एन्टी भ्याक्स कम्युनिटीको एक सदस्य जोडी मेस्चुकको महामारीका विषयमा गलत तथा भ्रामक दाबी तथा खोपका विषयमा मानिसहरुलाई निरुत्साहित गर्ने कार्यले उक्त समुदायमा लोकपि्रयता पाएको देखिएको छ।

तर आम सोसल मिडिया प्रयोगकर्ताले भने सुपरमार्केटका सामानहरु चाट्ने उनको चटकप्रति तिव्र आलोचना गरेका छन् ।

महामारी होस् वा नहोस् त्यसरी सार्वजनिक ठाउँमा सामानहरु चाट्दै हिड्ने काम घिनलाग्दो भएको धेरैको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here