६ किलो बढीको चाँदीका गहनासहित वीरगञ्जबाट एकजना पक्राउ

श्रोत : ईन्टरनेट

बिहीबार, वीरगञ्ज । ६ किलो भन्दा बढीको चाँदीका गहनासहित वीरगञ्जबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

छिमेकी देश भारतबाट अबैधरुमा ल्याइरहेको चाँदीका गहनासहित बाराको प्रसौनी गाउँपालिका ६ का नागेन्द्र साह सोनारलाई प्रहरील पक्राउ गरेको हो ।

frontline

रक्सौलबाट पैदलै आइरहेका सोनारलाई शंकराचार्य गेटमा खटिएका प्रहरीले शंका लागेर चेक गर्दा उनको साथबाट ६ किलो १६८ ग्राम चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहना बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

तयारी गहनासहित पक्राउ परेका व्यक्तिलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here