तालिबानविरूद्ध काबुलमा महिलाद्वारा प्रदर्शन

बिहीबार, अफगानिस्तान । अफगानिस्तान तालिबानले नियन्त्रणमा लिएसँगै कयौं अफगानीहरू देश छाड्दैछन्।

तालिबानले उत्पीडन दिनसक्ने भन्दै उनीहरू देश छाडेर जाने प्रयासमा छन्।

frontline

त्यसैबीच केही महिलाहरूले काबुलमा प्रदर्शनमा गरेका छन्। यो प्रदर्शन सम्भवतः तालिबान आएपछिकै पहिलो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।

काबुलस्थित एक सडकमा केही महिलाहरूले नारा लेखिएका कागजहरू बोकेर प्रदर्शन गरिरहेको देख्न सकिन्छ।

त्यसरी प्रदर्शनमा आएका महिलाहरूको भिडिओ  अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। 

उनीहरू आफ्नो हक, अधिकार, सुरक्षा, काम गर्न पाउनुपर्ने, पढ्न पाउनुपर्ने र राजनीति लगायतमा सहभागी हुनपाउनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका हुन्।

त्यसरी प्रदर्शन गरिरहँदा बन्दुकधारी तालिबानीहरूले उनीहरूलाई घेरिरहेको देख्न सकिन्छ। 

वर्षौंपछि पाएको हाम्रो उपलब्धि र हाम्रो अधिकारको हनन हुनु हुँदैन,’ प्रदर्शनरत महिलाहरूले भनेका छन्।

अफगानिस्तानको प्रमुख मिडिया टोलो न्युजले भने आफ्नो महिला कार्यक्रम प्रस्तोतालाई काममा लगाएको जनाएको छ।

तालिबानले पनि  काबुल कब्जा गरेपछि कोहीसँग बदला नलिने र मुस्लिम कानुन अनुसार महिलाहरूको हक अधिकारको सम्मान गर्ने बताएको थियो। 

यसैबीच बुधबार जलालावादमा भएको तालिबान विरोधी प्रदर्शनामा तीन जनाले ज्यान गुमाएका छन्।

रोयटर्सले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै तीन जनाको मृत्यु भएको बताएको हो।

रोयटर्सका अनुसार तालिबानले गोली चलाएपछि दुई दर्जन मानिसहरू घाइते समेत भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here