अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी यूएईमा

बिहीवार, एजेन्सी । अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी यूएई पुगेका छन् ।

तालिबानले राजधानी काबुल कब्जा गरेपछि देश छाडेर भागेका उनी युनाइटेड अरब एमिरेट्स (यूएई) पुगेका हुन् ।

frontline

यूएईको विदेश मन्त्रालयले घानी आफ्नो देशमा भएको पुष्टि गरेको सीएनएनले उललेख गरेको छ ।

यूएईले राष्ट्रपति असरफ घानी र उनको परिवारलाई मानवीय आधारमा आफ्नो देशमा स्वागत गरेको बताएको छ ।

सुरुमा घानी ताजिकिस्तानतर्फ भागेको बताइएपनि पछि उनी कहाँ छन् भन्ने खुलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here