मुख्यमन्त्री पौडेलद्वारा राजीनामा, अष्टलक्ष्मी शाक्य बन्ने मुख्यमन्त्री

बुधबार, काठमाण्डु । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् ।

मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि शाक्य दलको नेता बनेकी हुन् ।

frontline

हेटौडामा बसेकाे बैठकमा पौडेलले संसदीय दलको नेताबाट समेत राजीनामा दिएपछि शाक्य दलको नेता चुनिएकी हुन् ।

माधव नेपाल समूहकी शाक्य एमाले संसदीय दलको नेतामा चुनिएकी हुन् ।

उनी मुख्यमन्त्री बन्ने सांसद रचना खड्काले जानकारी दिइन् ।

माधव नेपाल पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी गरिरहेका बेला शाक्य बागमतीको संसदीय दलको नेतामा चुनिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here