नेप्से परिसूचकमा नयाँ रेकर्ड कायम, १८ अर्ब २० करोड बढीको कारोबार

मंगलबार, काठमाडौं । साताको तेस्रो दिन मंगलबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको  छ।

सोमबार ५.७२ बिन्दुले बढेर तीन हजार १६०.०५ मा पुगेको नेप्से मंगलबार ०.६६ विन्दुले बढेर ३ हजार १६०. ३१ पुगेको छ।

frontline

आज २२१ कम्पनीको ३० करोड ६ लाख १३ हजार ४३९ कित्ता सेयर १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ मूल्यमा खरिद बिक्री भएको छ।

यस्तै, सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि घटेको छ। सेन्सेटिभ ०.०६ बिन्दुले बढेर ५९३.२८ मा पुगेको छ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये ७ उपसमूहको सेयर ओरालो लाग्यो भने ६ उपसमूहको सेयर उकालो लाग्यो। 

बैंकिङ २३.१८, होटल तथा पर्यटन ३८.०६,ट्रेडिङको ५९.५,निर्जीवन बीमा, १३२.५९,अन्य ३५.३६, जीवन विमा २५१.७८ र सामूहिक लगानी कोष १३२.५९ बिन्दुले घटेको छ।  

यस्तै विकास बैंक २९२.७३, जलविद्युत् ११६.९३, फाइनान्स १४१.७७, लघुवित्त ५.४९, लगानी,०.०६ बिन्दुले बढेको छ।

आज १४ वटा कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ। आज चिलमे हाइड्रोवापर,युनाइटेड आइडी मार्दी हाइड्रोपावर,चन्द्रागिरि हिल्स र युनिभर्सललगायत १४ कम्पनीको सेयर बढेर सर्किट लागेको हो।

यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मुल्य १० प्रतिशतले घटेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here