नगरबासीका प्रत्येक हाउसहोल्डमा पहुँच- अठोट, अभ्यास र मोडेल – मादी नगरपालिका, संखुवासभा
हामी संखुवासभा मादी नगरका मेयर विदुर लिंथेप सँग छौँ । विदुर लिंथेपले राज्य कसरी नागरिक पहुँचमा पुग्न सक्छ भन्ने थिममा आधारित रहेर मादी नगरपालिकाले नगरबासीका प्रत्येक हाउसहोल्ड वा घरधुरीमा कसरी पहुँच पु¥याइरहेको छ भन्ने विषयको सेरोफेरोमा रहेर अन्तरंग गर्ने कोसिस रहने छ । पुरुषलाई कृषि समूह र महिलालाई महिला समूह गठन गरेर नगरपालिका प्रत्येक नगरबासीको पीर मर्का र पहुँचमा छ भनेर त्यसलाई प्रष्ट पार्न हाम्रा अतिथिको रुपमा उपस्थित हुनुभएको छ । झण्डै ३२००० जनसंख्या भएको मादीमा २२०० घरधुरी महिला समूहमा आबद्ध छन् र ११० महिला समूहहरुको सक्रियता छ । यसैगरी २००० जति घरधुरीबाट पुरुषहरुको ९० कृषक समूहहरु छन् । राज्यको एउटा इकाई मादी नगरपालिका जस्तै अन्य नगरपालिकाहरु पनि नगरबासीको प्रष्ट पहुँचमा रहने हो भने सिंगो राज्य नागरिकको पहुँचमा रहन सम्भव छ भन्ने मेयर विदुर लिंथेपको दृढ अठोट, अभ्यास र मोडेल रेप्लिकेट वा अवलम्वन गर्न अनुकरणीय छ भन्ने लागेर हामीले आजको श्रृङ्खलामा हियरिङ वा रेफरेन्स नोट तयार पारेका छौँ ।
मेयर लिंथेपले ६ प्रतिशत सस्तो ऋृण उपलब्ध गराउन, एकीकृत रुपमा वीउविजन वितरण गर्न, कृषिको मास प्रोडक्सनमा नगरबासीलाई सहभागी गराउने प्रयोजनमा यो थिम उपयोगी सिद्ध भएको छ । यसका लागि नगरपालिकाले प्रत्येक वर्ष प्रत्येक सहभागीलाई हजार हजार रुपैँयाका दरले समूहमा सिड मनीको रुपमा व्यालेन्स गरिदिएर यो मुभमेन्टमा सहभागी गराउँदा टनका टन कृषि उत्पादन निर्यात सम्म हुँदै आएको तथ्य स्थापित गरेको छ । यसैले यो थिम रेप्लिकेशन, अवलम्वन, अनुकरण अरुका लागि उपयोगी विषय हुनुपर्छ भन्ने लागेर अघि सारेका छोँ । यो थिम फार्मिङमा सामुदायिक सहभागिताका दृष्टिले पनि अंगीकार गर्न योग्य छ ।
हर्बल फार्मिङ वा जडिबुटि खेती-उपत्यकाकै चागुँनारायण नगरपालिका
यसैगरी काठमाडौँ उपत्यकाकै चागुँनारायण नगरपालिकाले समुदाय परिचालनबाटै हर्बल फार्मिङ वा जडिबुटि खेती २ वटा सामुदायिक वन क्षेत्रमा अघि बढाएको छ । झण्डै ८०० रोपनी क्षेत्रफलमा १०००० बढी बोट लगाएर तेश्रो वर्षमा काम निरन्तर छ । पहिलो आर्थिक वर्षमा १३ लाख बजेट र दोश्रो आर्थिक वर्षमा ११ लाख बजेट परिचालन भएको छ । गंगादेवी सामुदायिक वनमा ५०० रोपनी जग्गामा एभोकाडो १२५० बोट, कागती ५०००, टिमुर ५०००, तेजपत्ता ३०००, अम्रिसो ६५००, बाँस ३०० बोट रोपिएको हो ।त्यस्तै कालिका सामुदायिक वनमा पहिलो वर्ष १२० रोपनीमा लोठसल्ला ३५००, टिमुर ३०००, दाँते ओखर ५००० लगाइएको थियो र दोश्रो वर्ष २०० रोपनीमा लोठसल्ला ६०००, टिमुर ३०००, तेजपत्ता १०००, एभोकाडो १०००, कागती १०००, चिया ८००० बोट लगाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्