राष्ट्रपतिद्वारा प्रदेश २ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त

मंगलबार, काठमाडौं ।  सरकारले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन्। 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

frontline

संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले महोत्तरीका मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here