अफगानिस्तानबाट आइपुगेका १२७ जना सामाकोसी स्थित आइसोलेसन सेन्टरमा

मंगलबार, काठमाडौं ।  अफगानिस्तानबाट काठमाडौं आइपुगेका १२७ जनालाई सामाकोसीस्थित आइसोलेसन सेन्टरमा पुर्‍याइएको  छ। उनीहरुको व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ। 

उनीहरुलाई विमानस्थलबाट प्रहरीको निगरानीमा सिधै सामाकोसीस्थित आइसोलेसन सेन्टरमा लगिएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौड्यालले जानकारी दिएका छन्।

frontline

उनका अनुसार त्यहाँ सबैको एन्टिजेन परीक्षण गरिनेछ। रिपोर्ट नेगेटिभ आएपछि सम्बन्धित ठाउँमा पठाइनेछ। कोरोनाको शंका लागेमा उपचारको व्यवस्था गरिनेछ।

अफगानिस्थानको काबुलस्थित अमेरिकी दूतावासलगायत विभिन्न अमेरिकी कम्पनीमा कार्यरत १२७ जना काठमाडौं आइपुगेका छन् ।

जसमध्ये ११८ नेपाली र ९ भारतीय नागरिक हुन्।उनीहरुमध्ये एकजना मात्रै महिला छन्। उनीहरुलाई अमेरिकाले उद्दार गरेको हो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here