काठमाडौँमा एकसहित विभिन्न जिल्लामा ४ मृतावस्था मा फेला

शुक्रबार, काठमाडौँ । काठमाडौँमा एकसहित विभिन्न जिल्लामा ४ जना मृतावस्थामा फेला परेका छन् । 

काठमाडौं महानगरपालिका-१६ बालाजु बाईसधारास्थित पोखरीमा एक जना मृत फेला परेका छन् ।

frontline

बालाजु बोहराटार बस्ने गोरखा सुलिकोट गाउँपालिका-५ घर भएका शुशिला बरामको छोरा ६ वर्षीय रोमन बराम बिहीबार मृत अवस्थामा फेला परेका हुन् । 

यसैगरी कास्कीको पोखरा महानगरपालिका-१९ लामाचौर बस्ने २२ वर्षीय राजु सुनार सोही महानगरपालिका-१६ दिप हाउजिङ नजिक सेती नदीको नहरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् भने  गोरखा नगरपालिका-१० ठुटी बजारस्थित दरौदी खोलामा सोही नगरपालिका-२ बस्ने ७० वर्षीय कुल बहादुर आले पनि बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी सिन्धुलीको घ्याङलेख गाउँपालिका-५ बजुडाँडा बस्ने बिष्णु बिकको छोरा ११ वर्षीय सुमन बिक पनि घरमै मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here