अफगानिस्तानमा तालिवानीद्वारा कन्दहर शहरको केन्द्रीय कारागार कब्जामा

बिहीबार, अफगानिस्तान । अफगानिस्तानमा तालिवानी लडाकुहरुले कन्दहर शहरको केन्द्रीय कारागार कब्जामा लिएका छन् ।

स्थानीय सुरक्षा स्रोतका अनुसार त्यहाँ तालिवानले सयौं बन्दीहरुलाई रिहा गरेको छ ।

frontline

‘यसअघि तालिवानले २००८ र २०११ मा पनि कन्दहर जेल कब्जा गरेको थियो ।

त्यतिबेला पनि सयौं बन्दीहरु भागेका थिए,’ स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले लेखेको छ ।

तालिवानले अहिलेकै गतिमा शहरहरु कब्जा गर्दै गएमा आगामी ९० दिनभित्र अफगानिस्तानको राजधानी काबुल समेत कब्जा गरिसक्ने अमेरिकी गुप्तचरहरुको अनुमान छ ।

अफगान सरकारलाई अहिले तालिवानी लडाकुहरुसँगको युद्ध निकै भारी परिरहेको छ ।

तालिवानले केही शहरहरु कब्जामा लिइसकेको छ भने मुख्य शहरहरुमा निशाना साँधिरहेको छ ।

तालिवानले देशका ३४ मध्ये ९ वटा प्रान्तका राजधानी शहरहरु कब्जा गरिसकेको छ ।

हेल्मन्ड प्रान्तको राजधानी लस्कर गाहलाई तालिवानको कब्जामा जान दिनबाट रोक्नका लागि सरकारी सेनाले अहिले सम्पूर्ण ताकत लगाइरहेको छ, अफगानिस्तानका ठूला शहरमध्ये यो एक हो ।

लस्कर गाह क्षेत्रीय पुलिस हेडक्वाटरलाई सैन्यधारीले कब्जामा लिएका थिए ।

यहाँ, केही प्रहरीहरुले लडाकुसमक्ष आत्मसमर्पण गरे ।

प्रहरी कार्यालयसँगै जोडिएको गभर्नरको कार्यालय भने सुरक्षाकर्मीहरुकै नियन्त्रणमा छ ।

यसैगरी, तालिवानले घजनी प्रान्तमा पनि आक्रमण गर्न थालेको छ ।

स्थानीयहरुका अनुसार घजनीमा सरकारी सेना र तालिवानबीच लडाँइ जारी छ ।

यो शहर राजधानी काबुलबाट १ सय ३० किलोमिटर दक्षिण–पश्चिममा पर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here