भदौमा महाधिवेशन गर्न नसकिने सभापति देउवा निकट जिल्ला सभापतिहरुको निष्कर्ष

बिहीबार, काठमाण्डु । नेपाली कांग्रेसका संस्थापन पक्षका जिल्ला सभापतिहरुले भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेका छन् ।

ललितपुरको समिट होटलमा भएको संस्थापन पक्षका जिल्ला सभापतिहरुको भेलाले तोकिएको समयमा महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेको हो ।

frontline

सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिको भेलाले ६ बुँदे सुझाव तयार पारेको छ ।

जिल्ला सभापतिहरुले कोरोना भाइरसको महामारी र पार्टीको आन्तरिक कारणले तोकिएको समयमा महाधिवेशन हुन नसक्ने भन्दै नयाँ कार्यतालिका सार्वजनिक गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here