प्रधानमन्त्री संविधान विपरीत कदम चालेका हुन आरोप मेयर शेख वकिल

मेवालाल कुमार यादव रौतहट ,२५ पुस।प्रधानमन्त्री केपि ओलिले अलोकतान्त्रिक कदम चालेको विरुद्धमा नेपाली काङ्ग्रेस रौतहटद्वारा ८ वट्टै प्रदेश सभा निर्वाचन क्षेत्र बिरोध रैली तथा बिरोध सभा कार्यक्रम सम्पन्न गरिएको छ। प्रधानमन्त्री केपि ओलिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरि निर्वाचन गर्ने समेत मिति तय गरेको थियो। नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालय अनुसार देशकै सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा सन्सद विघटन विरुद्धमा बिरोध रैली तथा बिरोध सभा कार्यक्रम गर्ने क्रममा रौतहट क्षेत्र नम्बर २ क प्रदेश सभा निर्वाचन क्षेत्रमा गरिएको बिरोध सभामा परोहा नगरपालिकाको मेयर शेख वकिलले सम्बोधन गर्दै भने संविधानमा स्पष्टरुपमा लेखिकै छ सरकार अल्पमतमा छैन ,सरकार चलाउनमा विकल्प रहुन जेल सम्म एवं सन्सद चलुन जेल सम्म प्रतिनिधि सभा विघटन गर्न मिल्दैन तर पनि संविधानले दिएकै छैन अधिकार प्रतिनिधि सभा विघटन गर्ने तापनी अलोकतान्त्रिक ,असन्वैधानिक रबैया बोकेका प्रधानमन्त्री केपि ओलिले जनताको अभिमतलाई दुरुपयोग गरेको उनले बताए। देशमा प्रजातान्त्रिक व्यस्थालाई बेलाबेलामा यस्तै बिरोध गर्दै आइरहेका हुदा सङघिय लोकतान्त्रिक गणतन्त्रमा प्रतिनिधि सभा विघटन गर्नु संविधान विपरीत रहेको मेयर वकिलले जिकिर गरेका थिए। आफ्नो पार्टी अन्तर्गतको आन्तरिक विवाद समाधान गर्न नसकेर जनताको भविस्य सङ्ग खेलवाड गरेको उनले बताए। नेपाली काङ्ग्रेसको सरकारलाई समर्थन दिएका नेकपा पनि संविधान निर्माण देखि लिएर लागू गराउन सम्म साथमा थिए । पन्च वर्षीय जनादेश पाएको नेकपाले अढाइ वर्षमै जनता सङ्ग गरेको प्रतिबद्धतालाई पूरा गर्न नसक्ने अवस्था आफ्नो पार्टीमा देखिन थाले पछी प्रतिनिधि सभा विघटन गरेको उनको भनाई रहेको छ। प्रदेश नम्बर २ का सरकार मधेशवादी दलका भए पनि मेधेशको कुनै विकास नभएको उनले आरोप लगाए।प्रदेश सरकार जसपा नेता माननीय मोहम्मद लालबाबु राउतको नेतृत्वमा मदेश विकास नभई पार्टी विकास भएको उनले बताए । जसपाका यहाँ स्थानीय र प्रदेश सभा सदस्य जितेका हुन् तर विकास कुनै देखिन्न यसले प्रमाणीकरण गर्छ कि प्रदेश सरकार नामको लागि मात्र रहेको मुख्यमन्त्री लालबाबुलाई चुनौती दिएका हुन। कार्यक्रम उदघोष नेपाल तरुण दल रौतहटको सभापति मोहम्मद नौसाद आलमले गरेका थिए भने रौतहट क्षेत्र नम्बर २ ख प्रदेश सभा निर्वाचन अन्तगर्त बौधिमाई नगरपालिका वर्डा नम्बर १ का भोवाली चौक स्थित बिरोध रैली तथा बिरोध सभामा हजारौको संख्यामा नेताकार्यकर्ता ,स्थानीय लगायत सुरक्षाकर्मीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here