संक्रमणबाट विश्वभर एकैदिन ९,६८४ को मृत्यु ,६ लाख ४४ हजार संक्रमित

बिहीबार, काठमाडौं । केही दिनदेखि विश्वभर कोरोना संक्रमणको दर बढिरहेको छ ।

विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार संक्रमण दर र मृत्यु दरसमेत बढेको देखाएको हो ।

frontline

त्यस्तै, निको हुनेको संख्या भने बढिरहेको पाइएको छ । नेपालमा पनि केही दिन यतादेखि कोरोना संक्रमितको संख्यामा बढिरहेको छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ९ हजार ६८४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ९ हजार ६८४ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख ४४ हजार ५६७ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २० करोड ५३ लाख ८३ हजार ५६७ जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै, १८ करोड ४४ लाख १६ हजार ८९७ सय जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार मृत्यु हुनेको संख्या ४३ लाख ३६ हजार ८२ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट १० हजार १८० जनाको ज्यान गएको छ । ३८ हजार ३३ सक्रिय संक्रमित रहेका छन् भने ७ लाख २३ हजार २९६ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ६ लाख ७५ हजार ८३ जना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here