इंगलिस क्लब चेल्सीले जित्याे युइएफए सुपर कपको उपाधि
बिहीबार, काठमाडौं । इंगलिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार बिहान सम्पन्न खेलमा स्पानिस क्लब भियारियललाई पेनाल्टी सुटआउटमा ६-५ ले पराजित गर्दै लण्डन क्लब चेल्सी च्याम्पियन बनेकाे हो ।
विन्डाेरस पार्कमा भएकाे खेलकाे निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटकाे खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलकाे निर्णय पेनाल्टी सुटआउटबाट लिइएकाे थियो ।
२७ औं मिनेटमा हाकिम जियाचको गोलबाट चेल्सीले अग्रता लिएको थियो भने ७३ औं मिनेटमा जेरार्ड मोरेनाेले भियारियालका लागि बराबरी गाेल फर्काए ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका केपा अरिजाबालागाले भियारियालका कप्तान राउल अल्बिओलको अन्तिम प्रहार राेक्दै चेल्सीलाई जित दिलाए । त्यसअघि उनले अईसा मान्डीकाे प्रहार राेकेका थिए ।
चेल्सीका काई हाभार्टकाे पहिलाे पेनाल्टी नै भियारियलका गाेलकिपर सर्जियाे असेन्जाेले बचाएका थिए । तर त्यसपछि चेल्सीका सबैले गाेल गरे ।
प्रतिक्रिया दिनुहोस्