नो भ्याक्सिन नो एक्जाम’ भन्दै पिकेमा विद्यार्थीको प्रदर्शन

श्रोत : ईन्टरनेट

मंगलबार, काठमाडौं । विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाएर मात्रै परीक्षा लिन माग गर्दै विद्यार्थीले काठमाडौंको पद्मकन्या क्याम्पसमा प्रदर्शन गरेका छन्।

परीक्षा दिन गएका विद्यार्थीले मंगलबार बिहान क्याम्पसको गेटबाहिर प्रदर्शन गरेका हुन्। उनीहरूले केहीबेर गेटबाहिर सडकमा धर्ना पनि दिएका थिए।

frontline

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरू र प्रहरीबीच धकेलाधकेल पनि भएको छ। केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ।

आज बिबिए, बिआइएमलगायत स्नातक तहका छैटौं सेमेस्टरका विद्यार्थीको परीक्षा छ। परीक्षा मध्यान्ह १२ बजेदेखि सुरु हुँदैछ। 

उनीहरूले ‘नो भ्याक्सिन नो एक्जाम’ भन्दै प्रदर्शन गरेका छन्। प्रहरीले प्रदर्शन गरेकाहरूलाई हटाएको छ।

विद्यार्थीले भौतिक उपस्थितिमा परीक्षा गर्दा कोरोना सर्ने जोखिम भएकोले परीक्षा सार्न माग गरिरहेका छन्। तर त्रिविले भदौ ५ सम्मका परीक्षा नसर्ने बताइसकेको छ।

सरकारले कक्षा १२ को परीक्षा भने स्थगित गरेको थियो।

कोरोना संक्रमण बढेको कारण देखाएर साउन ३१ देखि भदौ ९ सम्म हुने भनेको कक्षा १२ को परीक्षा स्थगित भए पनि कक्षा ११ र त्रिविलगायत विभिन्न विश्वविद्यालयले भने परीक्षा भौतिक रूपमै विद्यार्थीलाई उपस्थित गराएर सञ्चालन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here