मकवानपुरमा जिप दुर्घटना, एकको मृत्यु ४ घाइते

आइतबार, हेटौंडा ।  हेटौंडा हुदैं काठमाडौं जाने छोटो वैैकल्पिक मार्ग अन्तर्गत ईन्द्रसरोबर ९२ सिमखोलामा यात्रुबाहक टाटा सुमो जिप दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट यात्रु बोकेर बिरगञ्ज तर्फ आउदै गरेको ना १ ज २११४ नम्बरको सुनौलो यातायातको सुमो ईन्द्रसरोबर९२ सिमखोलामा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको र ४ जना घाइते भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

frontline

मृतकको हालसम्म नाम थर ठेगान खुल्न नसकेको सोही सुमोको चालक रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा भारत ज्ञानबाद बस्ने १४ बर्षीय रोनक कुमार,सोही ठाउँ बस्ने १७ बर्षीय शंकर कुमार,विशाल कुमार र शिव शक्ति कुमार रहेको प्रहरी निरीक्षक दासले बताए ।

घाइतेलाई उद्धार गरेर उपचारको लागि हेटौंडा तर्फ लैजादैँ गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here