स्क्रबटाइफसका बिरामी बढ्दै

आइतबार, मकवानपुर । मकवानपुर जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । विगत आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा बिरामी सङ्ख्यामा वृद्धि भएको हो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो आव ६८ मा सो रोग फेला परेको मध्ये ४९ महिला र १९ पुरुष रहेको जनाइएको छ ।

frontline

यसअघि आव २०७६\७७ मा २९ र आव २०७५र७६ मा २५ मा उक्त रोग फेला परेको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

चिकित्सकका अनुसार ‘माइट’ नामक किर्नाको टोकाइबाट स्क्रबटाइफस रोग लाग्ने गर्दछ ।

यसबाट बच्न। उक्त किरा खासगरी खेत, झाडी, घाँसलगायतका स्थानमा बस्ने मुसा प्रजातिमा पाइन्छ ।

स्क्रब भएका मानिसलाई १०४ डिग्रीभन्दा बढी कामज्वरो, धेरै टाउको दुख्ने, पसिना धेरै आउने आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरीरका मुख्य अङ्ग काम गर्ने छोड्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here