कक्षा १२ को परीक्षा गर्दा १५ दिन अगाडि सूचना दिइने

आइतबार, काठमाडौं । कक्षा १२ को साउन ३१ गतेदेखि हुने भनिएको परीक्षा स्थगित गरिएको छ।

अब कहिले परीक्षा हुन्छ भन्ने तालिका प्रकाशित गरिएको छैन।

frontline

राष्ट्रिय परीक्षा बोर्डका अनुसार अब परीक्षा गर्दा १५ दिन अगाडि नै सूचना दिइनेछ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोरोना संकट व्यवस्थापन केन्द्रको समन्वयमा कम्तिमा १५ दिनको सूचना दिई परीक्षाको नयाँ समय तालिका प्रकाशन गरिने बोर्डले जानकारी दिएको छ।

बोर्डको शनिबारको बैठकले कक्षा १२ को परीक्षा हाललाई स्थगित गरेको थियो। साथै बोर्डले कोरोनाले गर्दा तोकिएको समयमा परीक्षा सञ्चालन गर्न नसकेकोमा दु:ख व्यक्तसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here