अष्ट्रेलियाको न्यु साउथवेल्स र सिड्नीमा कोरोना बढ्यो, पाँंचको मृत्यु

आइतबार, अष्ट्रेलिया । पछिल्लो पटक कोरोनाको प्रभाव ह्वात्तै बढेपछि अष्ट्रेलियाको न्यु साउथवेल्स र सिड्नी वरपर ३ सय १९ जनामा नयाँ स्थानीय संक्रमण देखा परेको छ।

पछिल्लो डेल्टा भाइरस संक्रमण सुरू भएयता अष्ट्रेलियामा पछिल्लो २४ घन्टामा सर्वाधिक संक्रमित भेटिएको हो।

frontline

जसमध्ये कम्तीमा पनि ५१ जना समुदायमा सक्रिय रहेका मानिसमा संक्रमण भएको पाइएको छ।

न्यु साउथ वेल्सका स्वास्थ्य पदाधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ। मृत्यु भएका कसैले पनि कोरोना खोप लगाएका थिएनन्।

न्यु साउथवेल्स राज्यको ग्रामीण क्षेत्र आर्मीडेलमा स्थानीय सरकारले शनिबार साँझ ५ बजेदेखि सात दिनसम्म लकडाउन जारी गरेको छ। 

यसैबीच भिक्टोरिया राज्य (मेलवर्न) मा भने २९ जनामा नयाँ संक्रमण फेला परेको छ। यहाँ पनि एक साता लकडाउन लगाइएको छ। भिक्टोरियाको मेलवर्न क्षेत्रका चार विद्यालयमासमेत संक्रमण देखिएकोले जोखिम बढ्न सक्नेभन्दै सतर्कता अपनाइएको छ।

स्वास्थ्य अधिकारीले मेलवर्नमा कोरोना संक्रमण वृद्धि हुनसक्ने भन्दै सचेत गराएका छन्। यसैबीच क्वीन्सल्याण्ड राज्यको दक्षीण पूर्वी क्षेत्रमा १३ जनामा नयाँ कोरोनाको प्रभाव देखिएको छ। 

क्वीन्सल्याण्डका स्थानीय १३ जनालाई सङ्क्रमण देखा परेको छ। यो सँगै राज्यभर सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले १४४ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here