फ्रेन्च लिग वानमा पीएसजीको विजयी सुरुआत

फ्रन्टलाइन खेल । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा विजयी सुरुआत गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा ट्रोएसलाई २–१ गोल अन्तरले पराजित गर्दै पीएसजीले सुखद सुरुआत गरेको हो ।

पीएसजीले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको नवौं मिनेटमा वालिड एल हाजिमले गोल गर्दै ट्रोएसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर,१९ औं मिनेटमा आचार्फ हाकिमीले गोल गर्दै पीएसजीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको २१ औं मिनेटमा माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाए ।

frontline

जितसँगै पीएसजीले सिजनको पहिलो खेलमा ३ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ ।ट्रोएसले भने हारबाट सिजनको सुरुआत गरेको छ । अर्को खेलमा लियोन र ब्रिस्टले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here