सहुलीयतपूर्ण कर्जा प्रवाहका लागि बेलकोटगढिमा भयो त्रिपक्षिय सम्झौता

बेलकोटगढि नगरपालीका, सानिमा बैंक बाघखोर शाखा र नुवाकोट उद्योग वाणिज्य संघबीच र बेलकोटगढि नगरपालीका, ज्योती विकास बैंक रातमाटे शाखा र नुवाकोट उद्योग वाणिज्य संघबीच नेपाल राष्ट्र बैंकद्वारा जारी सौैलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्वन्धि एकिकृत कार्यविधि २०७५ (तेस्रो शंशोधन २०७७) बमोजिम बेलकोटगढि नगरपालीका क्षेत्रका उद्यमी व्यवसायिको लागि उद्यमशिल कर्जा बेलकोटगढि नगरपालीकाको सिफारिसमा लगानी गर्ने तथा वैंकद्वारा लगानी गरिएका उद्यमीलाई बेलकोटगढि नगरपालीका तथा नुवाकोट उद्योग वाणिज्य संघले प्राविधिक सहयोग गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ । हस्ताक्षर कार्यक्रम नगरपालीकाको वैठक कक्ष बाघखोरमा सम्पन्न भएको थियो ।

सम्झौतामा नगरपालीकाको तर्फवाट अध्यक्ष राजेन्द्र रमण खनाल, नुवाकोट उद्योग वाणिज्य संघको तर्फवाट अध्यक्ष तारा वहादुर कार्की र वैंकहरुको तर्फवाट सानिमा बैंकबाट विदुर शाखा प्रवन्धक मधु प्रकाश खतिवडा, र ज्योती विकास बैंकको तर्फवाट बरिष्ठ अधिकृत राकेश डंगोलद्वारा हस्ताक्षर गरिएको छ ।

frontline

यो सम्झौताको समयावधि नेपाल राष्ट्र बैंकबाट व्याज अनुदान कार्याविधिले तोके बमोजिम रहने वताईएको छ । नगरपालीका योजना सल्लाहकार कमल खनालले संचालन गर्नु भएको कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शरण उत्सुक सापकोटाले सम्झौताको अक्षरस कार्यान्वयनमा जोड दिंदै व्यवसायीहरुले निरन्तर रुपमा यसको फाईदा लिन सक्रिय हुनुपर्नेमा जोड दिनु भयो ।

यसैगरी नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा वहादुर कार्कीले आगामि दिनमा बेलकोटगढि नगरपालीका क्षेत्रको आर्थिक विकासका लागि संघले निरन्तर सहयोग गर्ने तथा सम्भाव्यता हेरी लगानी कर्ता भित्रियाउन पहल गर्ने वताउँदै भएको सम्झौताका सर्तमा संघ प्रतिबद्ध भएर पुरा गर्न लाग्ने वताउनु भयो । संघका नियमित कार्यक्रममा नगरपालिका वाट भएको सहयोगको प्रशंशा गदै अगामि दिनमा संघको क्षमता विकासमा सहयोगको अपेक्षा रहेको समेत वताउनु भयो ।

सानिमा बैंकको तर्फबाट हस्ताक्षर कर्ता शाखा प्रबन्धक द्वारा बैंकले सम्झौताका शर्त पालनामा प्रतिबद्धता व्यक्त गदै आगामि दिनमा विगतमा जस्तै यस क्षेत्रको नीजी क्षेत्रको विकासमा सक्दो सहयोग तथा लगानि गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । विगतमा समेत सहुलियतदरकोे कर्जा प्रवाह भईरहेको अवस्थामा आगामि दिनमा पनि यसलाई तिव्रता दिने जानकारी गराउनु भयो ।
यसैगरी ज्वति विकास बैंकको तर्फवाट हस्ताक्षर कर्ता बरिष्ठ अधिकृत राकेश डंगोलले सम्झौताको कार्यान्वयनमा प्रतिवद्धता व्यक्त गदै विगतमा समेत रातमाटे शाखावाट सहुलियत दरको १५ जना उद्यमिहरुलाई कर्जा प्रवाह भईसकेको जानकारी गराउनु भयो । रातमाटे शाखाको अलवा अन्य शाखाले समेत यस्तो कर्जा प्रवाह गरीरहेको तथा यस सम्झौताले त्यस्तो कर्जा प्रवाहलाई थप व्यवस्थित गरी लक्षित वर्ग सम्म प¥याउन सहयोग पुग्ने विश्वास व्यत्तल गर्नु भयो ।

नगर प्रमुख राजेन्द्र रमण खनालले नगरपालीकाको आर्थिक विकासमा यो सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । सम्झौताका शर्तहरुको पालनामा नगरपालीका प्रतिवद्ध रहेको जानकारी गराउँदै पाउनु पर्ने व्यवसायिले यो कर्जा प्राप्त गर्नका लागि नगरपालीकाद्वारा सहजिकरण गरिने त्यसका लागि वडा अध्यक्षको समेत भुमिका महत्वपुर्ण रहेको वताउनु भयो । सरोकारवाला निकायको समेत सहयोगमा नगरपालीकाले नीजीक्षेत्रको विकासमा लागिपरेको वताउँदै उद्यमशिलता विकास विना नगरपालीकाको आर्थिक समृद्वि सम्भव नभएको कारण त्यसका लागि नगरपालीकाले उचित स्रोत व्यवस्थापन गरी प्राथमिकताका साथ विकास गर्ने योजना रहेको जानकारी गराउनु भयो । नगरपालीकाको आर्थिक विकासमा पूर्णिमा कार्यक्रम सहित अन्य विकास कार्यक्रमले समेत सहयोग गरेको चर्चा गदै नगरपालीकाको विकासमा सवै सरोकारवाला निकायको भुमिका महत्वपुर्ण हुनेभएकोले आवश्यक सहयोग तथा सुझावका लागि आग्रह समेत गर्नु भएको थियो ।

बेलकोटगढि नगरपालीका क्षेत्र नुवाकोट जिल्लाको ग्रामिण तथा दुर्गम क्षेत्र भएता पनि सम्भावनाको हिसावले लगानी योग्य क्षेत्र भएको तथा भएका सम्भावनाको प्रवद्र्धन गर्नका लागि नगरपालीकाको अगुवाईमा सरोकारवाला निकायले योग्दान गर्न सकेमा यहाँको सम्भावना बजारमा सहज रुपमा वेच्न सकिने र स्थानीयको आर्थिक समृद्धि हुने कुरामा सरोकारवालाहरुका तर्फबाट जोड दिईएको थियो ।

नुवाकोट जिल्लामा यस अघि यसै किसिमको सम्झौता विदु्र नगरपालीका र नेपाल बैंक लि, तादि गाउँपालीका र कृषि विकास बैंक, दुप्चेश्वर गाउँपालीका र एभरेष्ट बैंक बीचमा समेत भएर व्यवसायिहरुद्वारा सहुलीयतपूर्ण कर्जा प्राप्त गर्न थालिसकेको अवस्था छ । यस्तो ऋण प्राप्त गर्न व्यवसाय दर्ता गरी स्थाई लेखा नम्वर प्राप्त उद्योगि व्यवसायि हुनै पर्छ भने ऋणको प्रकृति हेरी वैंकले अन्य कागजात माग गर्ने गर्दछ ।

सहुलीयतपूर्ण कर्जाको भुक्तानी अवधि पाँच वर्षको हुने गर्दछ भने मासिक रुपमा आम्दानी गरी कर्जाको किस्ता वुझाउनु पर्ने बैंकहरुले जानकारी गराउने गरेका छन् ।

शौलियतपूर्ण कार्जाका कारण सम्भावना तथा जाँगर भएर पनि वेरोजगार भएका युवाहरुले अधिकतम फाईदा प्राप्त गर्न सक्ने देखिएको छ । शाहुबाट ऋण लिंदा चर्को व्याज तिर्नुपर्ने र व्यवसायको कमाईले कर्जा चुक्ता गर्न नसकेको कारण धेरै मानिस व्यवसायि वन्न नसकि रहेको अवस्थामा यस्ता किसिमका कर्जाद्वारा सम्भवाना भएका क्षेत्रमा श्रोतको उपयोग तथा स्वरोगारी वढ्दै गएको पाईएको छ । यो कर्जामा नवउद्यमीहरुको आर्कषण समेत भएको पाईएको छ ।

यस्तो किशिमको कर्जा प्रवाहले स्वरोजगारी वृद्धि हुने तथा ग्रामिण अर्थतन्त्र समेत विकास हुने अवस्था शिर्जना हुने छ ।

कस्ता व्यवसायीले पाउँछन् ,कतिसम्म कर्जा ? व्याज कति पर्छ ?
व्यवसायिक कृषि तथा पशुपंक्षि कर्जा पाँच करोड रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रुपैयाँसम्म, विदेशबाट फर्किएका युवा स्वरोजगार कर्जा दश लाख रुपैयाँसम्म, महिला उद्यमशिल कर्जा पन्ध्र लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय विकास कर्जा दश लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यवसायिक कर्जा पाँच लाख रुपैयाँसम्म र भूकम्प पीडितहरुको नीजी आवाश निर्माण कर्जा तीन लाख रुपैयाँसम्म लिन सकिन्छ । यसैगरि व्यावसायिले ३ देखि ४ प्रतिशतसम्म व्याज तिर्नुपर्ने छ भने ५ देखि ६ प्रतिशतसम्म व्याज नेपाल सरकारले तिरिदिने व्यवस्था रहेको छ । हाल नेपालका वाणिज्य वैंकको व्याजदर ८ देखि १० प्रतिशतको विचमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here