मलेसियामा नेपालीले गरे आत्महत्या
शनिबार, काठमाडौं । वैदेशिक रोजगारीमा मलेसियामा रहेका एक नेपाली कामदारले आत्महत्या गरेका छन् ।
अवैधानिक रुपमा त्यहाँ रहेका ३५ वर्षीय दिपक चौधरीले आत्माहत्या गरेका हुन् ।
उनले मलेसियाको सेवराङ्गजायामा आफू बस्ने भवनको १३ औं तल्लाबाट हामफालेर आत्महत्या गरेको बताइएको छ । चौधरी त्यहाँ सुरक्षागार्डको रुपमा काम गर्दै आएका थिए ।
उनको नेपाली ठेगान खुल्न बाँकी रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्