मेयर पटेल भ्रष्टाचार,कुशासन लापरवाहीका मसिहा
मेवालाल यादव शनिबार, रौतहट। रौतहटको देबाहिगोनाहि नगरपालिकाका नगरप्रमुख मेयर धर्मेन्द्र पटेलले नगरबासि जनता संग व्यापक गद्दारी गरि गरिब जनताको लागि उपलब्ध लाखौ रुपैयाँ बराबरको खाद्यान्न सामग्री गरिब निमुखा जनतालाई नबाडि डोजरले खाल्डो खनि पुरेका छन।
विभिन्न निकाय बाट प्राप्त करिव दश लाख रूपैयाँ बराबरको चामल र दाल गरिब जनतालाई नबाडी लापरवाही तरिकाले गोदाममै कुहाएको छ
गांस बास र कपासको जोहो गर्न मुस्किल पर्ने गरिब जनता राहत माग्न जांदा नगरपालिका संग राहत छैन भनि फर्काउने मेयर लाखौ रुपैयाँ बराबरको खाद्यान्न सामग्री नष्ट गरेको छ ।
मेयर पटेल नगरपालिकाको लाखौ रकम भ्रष्टाचार गरि रहेको स्थानीयहरू को भनाई छ।
मेयर पटेलको अराजक गतिविधिको बिरुद्ध हजारौं नगरबासिले नाराबाजि गर्दै राजिनामा माग गरे पनि निर्लज्ज मेयरले राजिनामा नदिएको स्थानीयहरुको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस्