पार्टीको वैधानिकता समाप्त हुने भएकाले देउवालाई सभापति मान्न नसकिने : बरिष्ठ नेता पौडेल

बिहीवार, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २३ भदौदेखि पार्टीको वैधानिकता समाप्त हुने बताएका छन्।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आफूपक्षीय नेताको बैठकपछि उनले पार्टीको केन्द्रीय समितिको वैधानिकता समाप्त हुने भएकाले शेरबहादुर देउवालाई सभापति मान्न नसकिने बताए।

frontline

उनले समयमा नै महाधिवेशन नभए कांग्रेसको वैधानिकतासँगै देउवाको सभापति पद पनि समाप्त हुने बताए। बैठकमा सिंहसहित अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायत सहभागी थिए। महामन्त्री शशांक कोइराला पनि उपस्थित थिए।

‘जब केन्द्रीय समिति नै समाप्त हुन्छ भने शेरबहादुरजी कसरी सभापतिको वैधानिकतामा रहनुहुन्छ?’, पौडेलले भने,‘त्यसअघि महाधिवेशन गराउनका लागि पहल हुनुपर्छ।’

यसअघि उनले देउवालाई भेटेर पनि सोही विषयमा ध्यानाकर्षण गराएका थिए। समयमा नै महाधिवेशन भएको खण्डमा कांग्रेस पार्टी जोगिने पौडेलको भनाई थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here