अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिए

बिहीवार, अफगानिस्तान । सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिएका छन् । 

देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु ११९ घाइते भएका अधिकारीले जनाएका छन् ।  

frontline

विषेश गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सरकारी सुरक्षाकर्मीले सुरक्षा कारबाही चलाएका हुन् । 

लडाकुको आश्रयस्थल र उनीहरुले गरिरहेका गतिविधिका बारेमा प्राप्त सूचनाका आधारमा सुरक्षाकर्मीले सुरक्षा कारबाही गरेको बताइएको छ ।

अफगानिस्तानका धेरै सहरमा लामो समयदेखि सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकुका बीचमा झडप तथा भीडन्त हुने गरेको छ । 

अफगानिस्तानमा लामो समयदेखि चलिरहेको गृहयुद्धका कारण हजारौँका मृत्यु भएको छ भने लाखौँ मानिस पीडित भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here