टर्कीका जंगलमा लगातार आगलागी, ८ को मृत्यु

बिहीवार, टर्की । टर्कीका जंगलमा एक सातादेखि लगातार भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ।

दक्षिण युरोपको हिटवेभका कारण टर्कीमा आगलागी बढिरहेको छ।

frontline

टर्कीमा भएको आगलागीमा अहिलेसम्म देशको पश्चिमी भागको झन्डै तीन हजार हेक्टर जंगल जलेको छ।

बुधबार मुग्ला प्रान्तको एक पावर हाउसनजिक आगो पुगेपछि त्यहाँका मानिसहरूलाई बाहिर निकालिएको छ।

आगलागीबाट जंगल नजिकका थुप्रै घरहरूमा  क्षति भइसकेको छ। 

राष्ट्रपति रसिप तय्यिप एर्डोगनले आगलागी नियन्त्रणमा ५१ हेलिकप्टर, २० वटा जहाज र सयौं अग्निनियन्त्रक खटिएको बताएका छन्। 

छिमेकी ग्रिसमा पनि अग्निनियन्त्रकहरूलाई जंगलको आगो निभाउन हम्मेहम्मे परिरहेको छ भने दर्जनौं मानिसहरू घाइते भएका छन्।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here