नेपालमा साउनपछि संक्रमितको संख्या घट्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

यसैबीच पछिल्लो समय तेस्रो लहर फैलिने सम्भावना रहेकाले स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरूको सल्लाह

बिहीवार, काठमाडौं । लगातार उकालो लाग्दै गरेको कोरोना भाइरसको संक्रमण नेपालमा साउनपछि क्रमश घट्दै जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ।

साउनमा ५३ हजारभन्दा बढी कोरोनाका संक्रमित थपिने अनुमान गरेको मन्त्रालयले त्यसपछि क्रमशः घट्ने जाने तथ्याङ्क पेश गरेको हो।

frontline

नीति योजना तथा अनुमगन महाशाका प्रमुखले संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा उक्त संख्या मंसिरसम्म आधाले भन्दा बढी घट्ने तथ्यांक पेश गरेका छन्। 

बैठकमा महाशाखा प्रमुख डा. गुणराज लोहनीले नयाँ प्रक्षेपणअनुसार मंसिरसम्म संक्रमितको संख्या साउन महिनामा २५ हजार पुग्ने तथ्यांक पेश गरेका छन् । 

उनले पेश गरेको प्रतिवेदनअनुसार साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७ सय २६, असोज महिनामा ३८ हजार ५ सय ९७ र कात्तिकमा १ हजार  संक्रमितको संख्या पुग्नेछ । मंसिरसम्म यो तथ्यांक अझै घटेर २५ एकसय ८३ पुग्ने प्रतिवेदनमा उल्लेख छ।  

साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको लोहनीले जानकारी दिएका छन् । 

पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने छ ।

तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच पछिल्लो समय तेस्रो लहर फैलिने सम्भावना रहेकाले स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरूको सल्लाह छ ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here