विद्युत सर्ट हुँदा कालीकोटमा घर जलेर नष्ट

बिहीवार, मान्म । कालीकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युतको तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ ।

मंगलबार अपरान्ह ४ बजेतिर विद्युत सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

frontline

विद्युत सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमराज सिम्खडाले जानकारी दिए ।

‘घरमा बालबालिका खेलिरहेको बेला आगलागी भएको हो,’ उनले भने, ‘घरले छाएको घर जलेर पूरै नष्ट भएको छ ।’

आगलागीबाट मानवीय क्षति नभए पनि लाखौं रुपैयाँ बराबरको धनमालको क्षति भएको वडाध्यक्ष दयाराम सिम्खडाले बताए ।

‘घरभित्रका अन्नपानी, लुगाफाटा, भाँडाकुडा, गहनासहित केही नगद रुपैयाँ जलेर नष्ट भएका छन्,’ उनले भने ।

घर जलेर नष्ट भएपछि सहदेवको ६ जनाको परिवार त्रिपालमा बस्दै आएको वडाध्यक्षले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here