एमालेलाई एकतावद्ध बनाउने बैठकको निर्णय

फाइल तस्बिर

सोमबार, काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठकले नेकपा एमालेलाई एकतावद्ध बनाएर लैजान गर्नुपर्ने सवै प्रयासहरु गर्ने भएको छ । 
आइतबार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले स्थायी समिति बैठकले उक्त निर्णय गरेको पार्टी महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

उनले जेठ २ लाई टाइमलाइन अनुसार नै एमालेलाई एकतावद्ध बनाएर लैजान सकिने र त्यसमा असन्तुष्ट पक्षहरू पनि आउने विश्वास व्यक्त गरे । 

frontline

‘हामी एमालेलाई एकतावद्ध बनाउन चाहान्छौँ । उन्नत तहको एकताका लागि जे गर्न सकिन्छ त्यो गर्ने हो’, महासचिव पोखरेलको भनाई छ । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको एकता प्रयासबारे जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here