प्रचण्ड र नेपालबीच पुन: भेटवार्ता, नेपाल पनि सरकारमा सहभागी हुन इच्छुक

आइतबार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार बिहान भेटवार्ता भएको छ ।

आफ्ना नेताहरुसँग ललितपुर हरिसिद्धिस्थित नारायणकाजी श्रेष्ठको निवासमा बैठक बसेपछि अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

frontline

मन्त्रिपरिषद विस्तारका विषयमा प्रचण्ड र नेपालबीच छलफल भएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार, प्रचण्डसँग माधव नेपालले आफूहरु पनि सरकारमा सहभागी हुन इच्छुक रहेको बताएका थिए ।

तर, आफूलाई भीम रावल लगायतका नेताहरुले कुनै पनि हालतमा सरकारमा सहभागी नहुन दवाव दिएको माधव नेपालले प्रचण्डलाई भनेका थिए ।

भीम रावल पार्टी एकतावद्ध गरेर अघि बढ्नुपर्ने पक्षमा छन् ।

माधव नेपाल पक्षबाट पार्टी एकताका लागि बनेको कार्यदलका संयोजक रहेका रावलकै दवावका कारण माधव नेपाल पक्ष सरकारमा सहभागी हुन सकस भइरहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here