अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघको मुख्य परिसरमा हमला

आईतबार, अफगानिस्तान । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघको मुख्य परिसरमा हमला भएको छ ।

यस हमलामा एक पुलिसको मृत्यु भयो भने अन्य केही अधिकारी घाइते भए ।

frontline

यद्यपि, अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघ सहायता मिसनले यस हमलामा संलग्न संस्थाको नाम भने खुलाएको छैन ।

संयुक्त राष्ट्रसंघ सहायता मिसनका अनुसार अफगानिस्तानको हेरातमा सरकारविरोधी तत्वले संयुक्त राष्ट्रसंघको मुख्य परिसरमा हमला गरेका हुन् ।

पछिल्लो समय अफगानिस्तानमा तालिवानसहितका अतिवादी संगठनहरुले निरन्तर हिंसा मच्चाइरहेका छन् ।

तालिवान लडाकुहरुले अफगानिस्तानका २० वटा प्रान्तमा मोर्चा सञ्चालन गरिरहेका छन् ।

उनीहरुले धेरै गाउँहरु कब्जामा लिइसकेका छन्, जसकारण काबुलपछिको दोस्रो ठूलो शहर कन्दहरमा शरण लिन आउनेहरुको संख्या निकै बढेको छ ।

तालिवानीहरुले यो शहरमा छिर्नका लागि पनि धेरै प्रयास गरिसकेका छन् । तर, उनीहरु सफल हुन सकेनन् । 

टेलो न्युजका अनुसार फरयाब प्रान्तको मैमान शहरमा केही दर्जन रकेटमा तालिवानले निशाना मारेको छ, यसमा धेरै आम नागरिकहरु मारिएका छन् ।

अफगान रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनका अनुसार यहाँ सेनाले लगातार तालिवानविरुद्ध हवाई र जमिनी हमला गरिरहेको छ ।

जबकी हेरात प्रान्तमा बिग्रँदो अवस्था देखेर अधिकारीहरुले राति नै कर्फ्यु लगाइदिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here