सल्यानमा करेन्ट लागेर ट्रक सहचालकको मृत्यु

आईतबार, सल्यान । सल्यानमा करेन्ट लागेर एक ट्रकका सहचालकको मृत्यु भएको छ। 

सल्यानको शारदा नगरपालिका वडा नं. १४ का २५ वर्षीय बिमल भण्डारीको करेन्ट लागेर शुक्रबार बेलुका मृत्यु भएको छ।

frontline

सल्लानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले सल्यानबाट काठका गोलिया लोड गरि दाङ तर्फ आउँदै गरेको रा १ ख २४२७ नम्बरको ट्रकको माथि चढेर डोरीले बाँध्ने क्रममा सडक छेउमा बिस्तारित नाङ्गो बिद्युतको तारले उनलाई छुँदा करेन्ट लाग्न पुगेको हो। 

जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ३ ठूलोचौर नेर सल्लाको गोलिया लोडेड ट्रकमाथि चढेर डोरी कस्ने क्रममा बेलुका ८ बजेतिर सडक किनारबाट बिस्तारित बिद्युतको नाङ्गो तारले छुँदा करेन्ट लागेर गम्भीर भण्डारीलाई कपुरकोट स्वास्थ्य चौकीमा पुर्‍याउना साथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए। 

नाङ्गो तार र ट्रकमा रहेको फलामको रडबाट करेन्ट प्रवाह हुँदा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ। चालक र ट्रक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here