चुरियामाई सुरुङ मार्गको पुनर्निर्माण बागमती सरकारले गर्ने

श्रोत : ईन्टरनेट

शुक्रबार, हेटौडा । मकवानपुरको चुरियामाई सुरुङ मार्गलाई बागमती प्रदेश सरकारले पुननिर्माण गर्ने भएको छ ।

पूर्वपश्चिम राजमार्गको मकवानपुर र बाराको सिमाना हेटौंडा उपमहानगरपालिका–१५ मा रहेको सुरुङमार्गको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार शिलान्यास गरेका छन् ।

frontline

१०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको सुरुङमार्गको पुनर्निर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनीले पाएको छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले ३ करोड ३६ लाख १३ हजार ८ सय ७८ रुपैयाँ लागतमा पुनर्निर्माण गर्न लागेको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले देशकै पहिलो चुरियामाई सुरुङमार्गको संरक्षण र सम्बद्र्धन आवश्यक रहेको बताएका छन्

मुख्यमन्त्री पौडेलले इतिहासको प्रचारप्रसार गर्न तथा पर्यटन प्रवद्र्धन गर्नको निम्ति प्रदेश सरकारले सुरुङमार्गको पुननिर्माणको काम शुरु गरेको बताए ।

उनले चुरियामाई सुरुङमार्गलाई अध्ययन गर्ने स्थलका रुपमा विकास गरिने समेत बताए ।

यसैगरि कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले पुनर्निर्माणको जिम्मा पाएको माउण्टेन इन्फ्रा कम्पनीलाई समयमै पुननिर्माणको काम सम्पन्न गर्न आग्रह गरेका छन्  ।

उनले देश सुरुङमार्गमा प्रवेश गरिसकेको बताउँदै भीमफेदीदेखि कुलेखानीसम्ममा निर्माण हुन लागेको पोस्टबहादुर बोगटी सुरुङमार्गको चाँडैनै टेण्डर खुल्ने दाबी गरे ।

उनले पोस्टबहादुर बोगटी सुरुङमार्गको नाम परिवर्तन गर्न केहि राजनीतिक दलको दबाब आएको समेत बताए । उनले प्रदेश सरकार पोस्टबहादुर बोगटी सुरुङमार्ग निर्माण गर्नबाट पछि नहट्ने बताए ।

मन्त्री फुयाँलले प्रदेश सरकारले जनचाहना अनुरुप काम गरेको बताउँदै प्रदेश सरकारले हालसम्म ५० वटा पुलहरु निर्माण सम्पन्न गरिसकेको र अझै डेड वर्षमा ५० वटा पुलहरु निमार्ण गर्ने जानकारी दिएक थिए  ।

मन्त्री फुयाँलले प्रदेश सरकारले १ सय वटा सम्पदा संरक्षणको कार्यक्रम,साना तथा ठूला गरी १ सय वटा सिचाँई निर्माण कार्यक्रम,एक घर एक धारा लगाएतका अभियान कार्यक्रम अघि बढाएको बताउदै  प्रदेश सरकारले करिब ४ सय किलोमिटर कालोपत्रे सडक निमार्ण गरेको समेत जानकारी गराएका थिए  ।

शिलान्यास कार्यक्रममा बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा. सहदेव बहादुर भण्डारीले प्रदेश सरकारले ३ करोड ३६ लाख १३ हजार ८७८ रुपैँया लागतमा पुननिर्माण गरेर फेरि सञ्चालनमा ल्याउन लागेको बताए ।उनले पुननिर्माण कार्य २०७९ बैशाख सम्म सम्पन हुने बताए ।

चुरियामाई सुरुङ मार्ग नेपाली सेनाका कर्णेल इन्जिनियर डिल्लीजङ थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।

चन्द्रशम्शेरको पालामा निर्णाण गरिएको उक्त मार्ग पाँच सय मिटर लामो,नौ फिट चौडाइ र १० फिट उचाइ रहेको थियो ।

पछिल्ला वर्षहरुको पहिरा,भुकम्पले विभिन्न भागमा क्षति भएपछि हाल उक्त मार्ग करिब दुई सय ८० मिटरमात्र बाँकी रहेको छ । उक्त सुरुङ मार्ग नजिकै चर्चित चुरियामाईको मन्दिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here