खेत जोत्दै गरेको ट्याकटर दुर्घटनामा एकको मृत्यु

फाइल तस्बिर

बुधबार, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बकैया वडा नम्बर ८ खजुरीदमारमा खेत जोत्दै गरेको प्रदेश नं.३-००१ त २५२ नम्बरको ट्याकटर दुर्घटनाग्रस्त हुँदा बकैया -३ बस्ने बर्ष २२ बर्षीय बुद्ध भोलोनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृतक दुुर्घटनाग्रस्त ट्याक्टरको चालक भएको प्रहरीले जनाएको छ ।

frontline

स्थानीय कृष्ण बहादुर बज्युको धान रोप्न खेत जोत्दै गरेको ट्याकटर एक्कासि अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा चालक भोलोनको घटनास्थलमै ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन ।

घटनाको आवश्यक अनुसन्धान भईरहेको र शवको मुचुल्काको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here