जसपाबाट महन्थ ठाकुरसहित १७ जना निश्कासित

श्रोत : ईन्टरनेट

बुधबार, काठमाडौँ । निर्वाचन आयोगले गराएको सनाखतसँगै जनता समाजवादी पार्टी(जसपा) अब वैधानिक रुपमा ३४ सदस्यीय केन्द्रीय कार्यकारिणी सदस्यको पार्टी बनेको छ । साथै महन्थ ठाकुरसहित १७ जना सदस्यहरु निश्कासित भएका छन् ।

सोमबार आयोगले ‘हेड काउन्ट’का आधारमा उपेन्द्र यादव पक्षलाई वैधानिकता घोषणा गरिदिएपछि अल्पमतमा परेका ठाकुर पक्षधर स्वत निश्कासनमा परेका हुन् ।

frontline

उनीहरुसँगै कारागारमा रहेका रेशम चौधरी पनि निश्कासनमा परेका छन् । चौधरी भने तटस्थ बसेका थिए । चौधरी सहित महन्थ पक्षधर १६ जनालाई जसपाले निश्कासन गरेको हो ।

यद्यपि आयोगको फैसलापछि महन्थ पक्षलाई लक्षित गर्दै सोमबार अध्यक्ष उपेन्द्र यादवले सच्चिएर माफी मागेर आएमा बिचार गर्न सकिने प्रतिक्रिया दिएका थिए ।

उपेन्द्र यादवको पक्षमा जम्मा ३४ जना अनुसार उनीहरु सबै कार्यकारिणी सदस्य हुन् । तर बुधबार बस्ने जसपाको बैठकले सदस्यतामा हेरफेर गर्नसक्ने जसपाका एक कार्यकारिणी सदस्यले बताए । उक्त बैठकले विशेषगरी कार्यविभाजनको टुंगो लगाउने बताइएको छ ।

जसअनुसार दुई अध्यक्षात्मक व्यवस्था पनि फेरिएर एक अध्यक्ष मात्रै रहने सक्ने जसपाका एक नेताले बताए । बैठकले अध्यक्षसँगै वरिष्ठ नेता, उपाध्यक्ष र अन्य पदाधिकारी चयन गर्ने संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई निकट एक केन्द्रीय कार्यकारिणी सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here