मुसिकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

बुधबार, काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु१ज- ४५६५ नम्बरको जिप दुर्घटना भएको छ ।

मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाका अनुसार शान्तिपुरबाट सदरमुकाम तमघासका लागि छुटेको जिप दुर्घटनामा परेको हो ।

frontline

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी गोपालचन्द्र भट्टराईका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा सात जना घाइते छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइँदै छ ।

एकजनाको अवस्था गम्भीर रहेको एसपी भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here