राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

श्रोत : ईन्टरनेट

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

को हुन् पौडेल ?

युवा अर्थशास्त्री पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसियट प्रोफेसर’ हुन् ।

frontline

उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । डा. स्वणिर्म वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए ।

अमेरिकाको यूनिभर्सिटी अफ क्यालिफोर्नियाबाट उनले विद्यावारिधी उपाधि प्राप्त गरेका उनले पौडलका आर्थिक विषयमा थुप्रै लेख तथा शोधहरु प्रकाशित छन् ।

 अर्थतन्त्र पुनर्उद्धार प्राथमिकतामा : पौडेल 

नियुक्तिपछि संक्षिप्त कुराकानी गर्दै डा. पौडेलले कोरोनाको महामारीका कारण चुनौतीको समय भएकाले त्यसलाई आत्मसात गरेर काम गर्ने बताए ।

‘गठनबन्धन सरकार छ, महामारीको समय छ, योजनाहरुको पुनरावलोकन गर्नुपर्ने छ,’ उनले भने,’चुनौतीको यस्तो समयमा पनि प्रधानमन्त्री र गठबन्धनका नेताहरुले मलाई आशा र विश्वास गर्नुभएको छ, यसलाई म निरासामा परिणत हुन दिन्न ।’

उनले कोरोनाले प्रभावित भएको अर्थतन्त्रलाई चलायमान गराउन भूमिका खेल्ने बताए । डा. पौडेलले युवालाई पनि विश्वास गर्दै दिइएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रयत्न गरिने उनले बताए ।

गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख

मंगलबारकै मन्त्रिपरिषद बैठकले गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ ।

गण्डकीमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्तिका लागि सिफारिस गरेको हो । सरकारले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here