काठमाडौं महानगरका ६ वटा वडा भवन निर्माण प्रक्रियामा

श्रोत : ईन्टरनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको  पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने पुनः प्रतिवद्धता व्यक्त गरेका छन्।

वडा–२१ को वडा भवनको आज शिलान्यास गर्ने सिलसिलामा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्। 

frontline

‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौ भनेर घोषणा गरेका थियौं,’ शाक्यले भने, ‘वडा–२१ को वडा भवनको आज शिलान्यास गरेका छौं। यो हाम्रो घोषणा अनुसारकै कार्य हो।’

शाक्यले यस अघि वडा–३, ४, ९, १४, १८, २६ लगायतका वडा कार्यालयका भवनबाट सेवा सुरू भैरहेको जानकारी दिए।

‘केही कार्यालय भवनको निर्माण कार्य जारी छ। केही वडा कार्यालयको खरिद प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘वडा–१२ को पनि हामी केही दिनमै शिलान्यास गर्दै छौं।’

उनले केही वडा कार्यालय भवन भने कानूनी र प्राविधिक समस्याका कारण प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिए। 

‘मुद्दा परेका कारण हामीले महानगरपालिकाको केन्द्रीय कार्यालय भवन अहिलेसम्म निर्माण गर्न सकेनौं,’ उनले भने, ‘हामीले निर्वाचनका बेला प्रतिवद्धता व्यक्त गरेका धेरै काम सम्पन्न गरेका छौं। केही काम भने कानूनी र प्राविधिक कारणले समस्या भएको छ।’ 

काठमाडौं महानगरपालिकामा फरक–फरक विचारधारा राख्ने जनप्रतिनिधि निर्वाचित भएर आएका भए पनि आफ्नो कार्यकालमा कार्यपालिका र नगरसभाका सबै निर्णय सर्वसम्मतिमा अघि बढाउन सफल भएको भन्दै उनले खुसी व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here